डा.सन्दुक रुइतलाई जगदीश घिमिरे स्मृति पुरस्कार

 पुस २८, २०७६ सोमबार १७:१६:३९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको छ । 

जगदीश घिमिरे प्रतिष्ठान रामेछापले सोमबार साहित्यकार स्वर्गीय घिमिरेको जन्मथलो मन्थलीमा कार्यक्रमको आयोजना गरि डा.रुइतलाई नगद र सम्मान पत्रसहित सम्मान गरेकाे  हो । 

डा.रुइतलाई मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले सम्मानपत्रसहित ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभएकाे हाे । नगर प्रमुख बस्नेतको हातबाट पुरस्कार ग्रहण गर्दै डा.रुइतले वरिष्ठ साहित्यकार स्वर्गीय घिमिरेको अगुवाईमा रहेकाे तिलगंगा आँखा केन्द्रले गति लिएकाे बताउनुभयाे । 

त्यस्तै डा.रुइतले स्वर्गीय घिमिरेले समाजमा गरेको समाजसेवा, साहित्य र अन्य समसामयिक विषयमा गरेको योगदानको खुलेर स्मरण गर्नुभयाे । स्वर्गीय घिमिरे तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक अध्यक्ष हुनुहुन्थ्याे । कार्यक्रम जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष तथा स्वर्गीय घिमिरेकी श्रीमती दुर्गा घिमिरेको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया