चितवनमा टाटा मोटर्स कार्निभल सुरु : पुरानो गाडी नयाँसँग साट्न सकिने

 माघ ९, २०७६ बिहिबार १८:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको ‘टाटा मोटर्स कार्निभल’ चितवनमा सुरु भएको छ ।

सिप्रदी ट्रेडिङ र सिप्रदी ट्रेडिङको बिक्रेता शेखर मोटर्सको सहकार्यमा माघ ९ गते बिहीबारदेखि सुरु भएको कार्यक्रम माघ ११ गते शनिबारसम्म चल्नेछ ।

चितवनको भरतपुर—९, हाकिमचोकमा भइरहेको ‘टाटा मोटर्स कार्निभल’मा बिहान ११ बजे देखि साँझ ७ बजेसम्म ग्राहकहरु सहभागी हुन सक्ने कम्पनीले जनाएकाे छ ।

चितवनमा पहिलो पटक भइरहेको यस मेलामा ग्राहकहरुले एकै ठाँउबाट विभिन्न मोडलका गाडी किनबेचको सुविधा प्राप्त गर्नुका साथै आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडीसँग साट्न सक्नेछन् ।

मेलामा ग्राहकहरुले अन द स्पट फाइनान्सिङका साथै  पुरानो गाडीको उत्कृष्ट मूल्यांकन र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउने र ग्राहकहरुमध्ये एक जोडीका लागि सिंगापुर भ्रमण अथवा आकर्षक छुट पनि रहेकाे छ ।

मेलामा निःशुल्क प्रवेश,प्रत्येक टेस्ट ड्राइभ र मूल्यांकनमा उपहार, एक वर्षको लागि सडक कर छुट, संगीत, नृत्य तथा खेलकुदका साथै लाइभ पेन्टिङ, फोटो शुटलगायत आकर्षण रहेको कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया