कोरोना भाइरसकाे संक्रमण बढ्ने भन्दै नयाँ वर्षमा ठूला कार्यक्रम नगर्न नागरिकहरुलाई चीनको आग्रह

 माघ ९, २०७६ बिहिबार २०:४:८ | रासस
unn.prixa.net

पछिल्लो केही समययता विश्वको चिन्ताको बिषय बनेको कोरोना भाइरसको संक्रमण थप फैलिनबाट रोक्न बेइजिङले चिनियाँ नयाँ वर्षका अवसरमा गरिने सबै ठूला कार्यक्रम रद्द गर्ने भएको छ ।

सरकारले सुरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिसो, फ्लु वा निमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ कोरोना भाइरस (२०१९–कोभ) को सङ्क्रमण हरेक दिन फैलिएका सूचनापछि श्वास्थ्य अधिकारीहरूको अनुरोधमा सरकारले नयाँ वर्ष मनाउँदा ठूलो जमघटलाई प्रोत्साहन नगर्न नागरिक तथा स्थानीय प्रशासनहरूलाई आग्रह गरेको बिहीबार जनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न गरिएको अनुरोधपछि चीनभर विशेष उल्लाससाथ मनाइने नयाँ वर्षका खासगरी ठूला जमघटहरू तथा मन्दिरहरूमा लाग्ने मेलाहरूसमेत रद्द गर्न स्थानीय प्रशासनले सूचना जारी गरिसकेका छन् ।

चिनियाँहरूमा नयाँ वर्षमा आफ्ना वर्षभरिका बोझलाई बिसाउँदै कामबाट बिदा लिएर घर फर्किने र सामूहिक जमघटका कार्यक्रममार्फत रमाइलो गर्ने चलन रहेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया