नेपालमा अर्का एक जनामा पनि काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि

 माघ १३, २०७६ सोमबार १६:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा थप एक जना व्यक्तिमा काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि भएकाे छ । याेसँगै नेपालमा २ जनामा यसकाे संक्रमण भएकाे भेटिएकाे हाे । यसअघि गएकाे शुक्रबार एक जना व्यक्तिमा संक्रमण भएकाे पुष्टि भएकाे थियाे । 

संक्रमण भएका दुवै जना चीनबाट नेपाल फर्केका हुन् ।   

चीनबाट फर्कने क्रममा विमानस्थलबाटै आइतबार अस्पताल ल्याइएका २ जनामध्ये एक जनामा यसकाे संक्रमण भएकाे पुष्टि भएकाे हाे । अस्पतालले भाइरसकाे संक्रमण भए नभएकाे बारे निष्कर्ष निकाल्न दुवै जनाकाे रगतकाे नमूना हङकङ पठाएकाे थियाे । 

हङकङमा परीक्षणपश्चात एक जनामा यसकाे संक्रमण भएकाे भेटिएकाे पुष्टि भएकाे अस्पतालले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया