शेयर बजारमा दोहोरो अंकको गिरावट

 जेठ १०, २०७५ बिहिबार १६:४४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १० – शेयर बजार परिसूचक नेप्से आज १० अंकले घटेको छ ।

हिजो ४ दशमलव ५५ अंकले घटेको शेयरबजार आज १० दशमलव ०५ अंकले घटेर १३ सय १८ दशमलव २२ बिन्दुमा आइपुगेको हो । वाणिज्य र उत्पादन बाहेकका सबै समूहको परिसूचक घटेको दिन आज सबैभन्दा धेरै बीमा समूह ६२ दशमलव ३४ बिन्दुमा झरेको छ ।

यस्तै, माइक्रोफाइनान्स झण्डै ३४, विकास बैक १४ दशमलव, जलविद्युत १२ दशमलव ७१  बैकिङ समूह ७ दशमलव ४६ बिन्दुले घटेको छ । आज उत्पादन समूह चाहिँ ११ दशमवल ४ प्रतिशतले बढेको छ । बजार घटे पनि कारोबार रकम भने आज बढेको छ । हिजो २९ करोड रुपैयाँको कारोबार भएको शेयर बजारमा आज ३८ करोड ९ लाखभन्दा धेरेको कारोबार भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।

आज सबैभन्दा धेरै कालिका माइक्रोक्रेडिट विकास बैकको शेयर २ करोड ३३ लाख भन्दा धेरैको किनबेच भएको छ । बजार घटे पनि आज जेविल्स फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत कमाएका छन् भने किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सवैभन्दा धेरै साढे ५ प्रतिशत सम्पत्ति गुमाएका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया