बलात्कार अभियाेगमा पाँच वर्ष कैद सजाय

 माघ २२, २०७६ बुधबार २०:३२:३७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतले एक जनालाई पाँच वर्ष कैदको सजाय सुनाइएको छ । सप्तरीको राजविराज नगरपालिका १ का ३४ वर्षीय सञ्जय भन्ने देवेन्द्रप्रसाद यादवलाई बुधबार पाँच वर्ष कैद सजायको फैसला सुनाइएको हो ।

जिल्ला अदालतका न्यायधीश प्रकाश श्रेष्ठको इजलासले कैद सजायसँगै पीडितले पाउनेगरी ५० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको हाे । आरोपितले ०७५ माघ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय इटहरीमा आरोपित विरुद्द उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले माघ ९ गते पक्राउ गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतले कारबाहीकाे फैसला गरेका हाे।

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया