रुघाखोकी र भाइरल ज्वरोकाे समयमा उपचार नपाएका कारण बाजुरामा दुई जनाको ज्यान गएकाे पुष्टि

 माघ २२, २०७६ बुधबार २०:२२:२० | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – रुघाखोकी र भाइरल ज्वरोकाे उपचार समयमा नपाएका कारण बाजुरामा दुई जनाको ज्यान गएको पुष्टि भएकाे छ ।

उपचार नपाएर ज्यान गुमाउनेमा स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुका ९० वर्षिया दल रावल र ५५ बर्षिया प्रेमा कडाराको रहेका छन् । जिल्लाकाे स्वामीकार्तिक र हिमाली गाउँपालिका–६ बोल्डिक गाउँमा फैलिएको रुघाखोकी र भाइरल ज्वरो प्रभावित क्षेत्रमा तीन सय जना बिरामी रहेका र भर्खरै डाक्टरसहित टोली पुगेर उपचार सुरु गरेको छ । 

बुधबार पुगेको टोलीले झण्डै तीन सय जना बिरामीको उपचार सुरु गरेको हो । गएको हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरो नियन्त्रणमा नआएपछि स्वास्थ्य कार्यालय बाजुराले डाक्टरसहितको टोली प्रभावित क्षेत्रमा पठाएको हो । 

प्रभावित क्षेत्रका लागि ८३ पेटी औषधि प्रभावित क्षेत्रमा पठाइएको छ । भाइरल ज्वरोका कारण गाउँका विद्यालय पनि बन्द गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया