अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
पर्वत - कोरोना भाइरसको संक्रमण फैलन नदिन पर्वतमा पनि उच्च सर्तकता अपनाउने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोनाको संक्रमण फैलन नदिनका लागि संभब हुने सबै उपाय अवलम्बन गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।
बैठकलेसंक्रमण फैलन नदिन जनचेतना जगाउने, धेरै मानिस जम्मा हुने खालका सभा, समारोह , मेला तथा महोत्सबहरु आयोजना नगर्न आग्रह गर्ने निर्णय गरेको छ । संक्रमणको आशंका भएका बिरामीलाई छुट्टै राखेर उपचार गर्न पर्वत जिल्ला अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्ने र कम्तीमा ५ वटा बेड तयार गर्ने निर्णय भएको छ ।
पर्वत जिल्ला अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टर डा. बिष्णु भण्डारीको नेतृत्वमा क्विक रेस्पोन्स टिम समेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।
बजारमा अत्यावश्यक खाद्यन्नको अभाव हुन नदिन र कालोबजारी रोक्न औषधी पसलदेखि दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलहरुमा समेत अनुगमन गर्ने निर्णय पनि भएको छ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।