बाजुरामा महिनावारी हुँदा पनि विद्यालय जाने शिक्षिका र छात्राको संख्या बढ्याे

 फागुन २४, २०७६ शनिबार १०:२:१२ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - बुढीनन्दा नगरपालिकामा महिनावारी हुँदा पनि विद्यालय जाने शिक्षिका तथा छात्राको संख्या बढ्न थालेको छ ।

दुई वर्ष अघिसम्म वार्षिक परीक्षाका समयमा महिनावारी भएमा छात्रालाई घरमै प्रश्नपत्र लगिदिनुपर्ने बाध्यता रहेको भएपनि अहिले उनीहरु विद्यालय आउन थालेका भावना आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक दिनानाथ चौधरीले बताउनुभयो ।

विद्यालय नजिकै मन्दिर भएका भावना आधारभूत विद्यालय, बूढीनन्दा आधारभूत विद्यालय, देवलडाँडा माध्यमिक विद्यालय लगायतका शिक्षिका र महिनावारी सुरु भएका छात्राहरु वर्षमा ६० दिन विद्यालय छाड्न बाध्य हुने गरेकोमा अहिले महिनावारीको समयमा पनि विद्यालय आउन थालेका देवलडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रह्लाद श्रेष्ठले बताउनुभयो ।

महिनावारी हुँदा पनि विद्यालय आउन पाउपछि विद्यालयमा पढाइ र शैक्षिक उपलब्धिसँगै महिलाको स्वास्थ्य र सुरक्षामा पनि सुधार हुँदै गएको भावना आधारभूत विद्यालयका शिक्षिका बेलकुमारी रोकायाले बताउनुभयो । धेरैजसोले कुरा बुझेर महिनावारी हुँदा बिद्यालय आउने गरेको भएपनि केहीमा अभिभावाकले नपठाउने गरेकोले सम्झाउने काम भैरहेको शिक्षिका रोकायाले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत ६, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया