मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गयाे

 फागुन २४, २०७६ शनिबार १२:३३:१७ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा - मकवानपुरको भिमफेदी गाउँपालिका-९ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

शनिबार बिहान वर्षासँगै परेको चट्याङ लागेर च्याउखोला बस्ने २३ वर्षीय विजय स्याङ्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शुशीलसिंह राठोरले जानकारी दिनुभयो ।

चट्याङ लागेर घाइते भएका स्याङ्तानको उपचारका क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो । चट्याङबाट घाइते हुनेमा उहाँकी श्रीमती २२ वर्षीया सविता स्याङ्तानकोे हेटौँडा अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया