बैतडीमा जीप दुर्घटना : चालकको ज्यान गयो, चार जनाको अवस्था गम्भीर

 फागुन २५, २०७६ आइतबार ८:४४:८ | जयराज अवस्थी
unn.prixa.net

कैलाली - कैलालीकाे धनगढीबाट दार्चुला जाँदै गरेको जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । ‘अनटेष्ट १२५७ नं’को जीप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा पनतोलीमा दुर्घटना भएको हो । 

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जीप सडकबाट २५० मिटर तल खसेकाे जानकारी दिनुभयो । ज्यान गुमाउनेमा दार्चुला दुहु गाउँपालिकाका ३५ वर्षीय  धनसिंह बडाल रहेका छन्  । 

घाइते हुनेमा दार्चुला दुहु ४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय  प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी,  २० वर्षीय  हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् । 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेकाे र यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया