भारत ८५ रनले पराजित, अस्ट्रेलियालाई पाँचाै पटक महिला टी–२० विश्वकपकाे उपाधि

 फागुन २५, २०७६ आइतबार १६:५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । 

आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पहिलाे पटक फाइनल खेलेकाे भारतलाई अस्ट्रेलियाले ८५ रनले पराजित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको सम्मानजनक योगफल बनायो । अस्ट्रेलियाका लागि एलिसा हिलेले ३९ बलमा ७५ रनको विस्फोटक पारी खेलिन् । उनी महिला टी–२० मा अस्ट्रेलियाका लागि दुई हजार रन बनाउन पनि सफल भइन् ।

त्यस्तै बेथ मुनीले अविजित ७८ रन बनाइन् ।  बलिङतर्फ भारतका लागि दिप्ती शर्माले दुई तथा पुनम यादवले एक विकेट लिइन् ।

एक सय ८५ रनको लक्ष्य पाएर ब्याटिङ गर्न उत्रिएको भारतीय महिला टिम ९९ रनमै अलआउट भयो । भारतका लागि दिप्ती शर्माले सर्वाधिक ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । 

बलिङतर्फ अस्ट्रेलियाका लागि मेगन शुटले चार विकेट लिइन् भने जेस जोनासेनले तीन विकेट लिइन् । 

अस्ट्रेलियाली महिला टिमले पाचौँ पटक टी–२० विश्वकपको उपाधि जितेको हो । अस्ट्रेलियाले यसअघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकपकाे उपाधि जितेकाे थियाे । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया