चर्चित कार्टुनिस्ट अविनको दोस्रो कार्टुन सङ्ग्रह लाेकार्पण

 फागुन ३०, २०७६ शुक्रबार १४:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चर्चित  कार्टुनिस्ट अविन श्रेष्ठकाे  ‘बेस्ट अफ अविन, अविनको कार्टुन सङ्ग्रह-भाग २’को लोकार्पण भएकाे छ ।

बिहीबार वरिष्ठ पत्रकार किशोर नेपाल, अखिलेश उपाध्याय, युवराज घिमिरे, नारायण वाग्ले, सुधीर शर्मा र जीवेन्द्र सिम्खडाले सङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।

अविनको कार्टुन सिर्जना यात्राको २५ वर्षकाे अवसर पारेर बुक आर्ट नेपालले प्रकाशन गरेको सङ्ग्रहमा २०६२ र ६३ को जनआन्दोलनपछि देशको अवस्थालाई चिरफार गरेका कार्टुन सङ्ग्रहित छन् ।

कार्टुनिस्ट अविनले २५ वर्षे यात्रामा आफूले काम गरेका सम्पादकको हातबाट कार्टुन सङ्ग्रहको लाेकार्पण गराउनु भएकाे हाे । उहाँले २०५० देखि व्यङ्ग्य चित्र अर्थात कार्टुनमार्फत देशकाे आर्थिक, राजनीतिक क्षेत्रमा हुने विकृति, विसंगतिमाथि चोटिलो प्रहार गर्दै आउनु भएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया