सिन्धुलीमा करेन्ट लागेर एक जनाको ज्यान गयाे, तीन जना घाइते

 चैत १, २०७६ शनिबार ९:९:१ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - सिन्धुलीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।  

शनिबार बिहान २ बजेति बत्ती बाल्ने क्रममा करेन्ट लागेर कमलामाई नगरपालिका–७ सिम्लेका माईतीमाया भोलनको ज्यान गएको र अरु तीन जना घाइते भएका प्रहरीले जनाएको छ । हावाहुरी चलेका कारण बिजुली शर्ट भएर करेण्ट लागेकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।

करेण्ट लागेर घाइते भएकी भाेलनलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा मृत्यु भएकाे हाे ।

भोलनलाई करेण्ट लागेपछि उहाँका परिवारले हारगुहार गरेका र सहयोग गर्न जानका लागि आफ्नै घरमा बत्ती बाल्दा अरु तीन जना छिमेकी घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा देवकुमारी घिसिङ, पदमबहादुर वाइब र ज्ञानबहादुर थिङ रहेका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया