दक्षिण अफ्रिकी क्रिकेट टिमका खेलाडीलाई घरमै 'आइसाेलेशन'मा बस्न सुझाव

 चैत ६, २०७६ बिहिबार ७:५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण अफ्रिकी क्रिकेट टिमका खेलाडीलाई स्वदेश फर्किएपछि १४ दिन घरमै आइसोलेशनमा बस्न भनिएको छ । 

कोरोना भाइरस (कोभिड–१९) कारण भारतसँगको एकदिवसीय श्रृङ्खला रद्द भएपछि दक्षिण अफ्रिकी टिम बुधबार स्वदेश पुगेको हो । 

क्रिकेट दक्षिण अफ्रिका (सीएसए) का मुख्य चिकित्सक अधिकारी शोएब मान्जरालाई उद्धृत गर्दै स्पोर्ट २४ ले भन्यो, ‘सबै खेलाडीलाई कम्तीमा १४ दिन घरमै छुट्टै बस्न सुझाव दिएका छौँ र मानिसको रक्षाको लागि यही नै एक नियमित मार्गदर्शन हो ।’

‘यस क्रममा कुनै खेलाडीलाई कुनै किसिमका लक्षण देखिए उनीहरुको सही तरिकाबाट जाँच हुनेमा हामी सुनिश्चित गर्छौँ’, उनले भने । 

दक्षिण अफ्रिकी क्रिकेट टिम कोलकाताबाट गएको मङ्गलबार स्वदेश फिर्ता भएको थियो । दक्षिणी अफ्रिकी टिमले भारतसँग तीन खेलको एकदिवसीय श्रृङ्खला खेल्ने तय भएको थियो तर कोभिड–१९ का कारण सिरिज नै रद्द गरिएको थियो । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया