एक्कासी परीक्षा राेकिँदा बालबालिकामा परेकाे असरलाई कसरी कम गर्ने ?

 चैत ६, २०७६ बिहिबार २०:१५:५० | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै - सरकारले कोरोना भाइरसको जोखिम कम गर्न आवश्यक नपरेसम्म घरबाहिर नजान र २५ जनाभन्दा  धेरै एक ठाउँमा  भेला नहुन आग्रह गरेको छ ।

काेराेना भाइरसकाे सङ्क्रमणलाई मध्यनजर गर्दै माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित भएकाे छ भने विद्यालय क्याम्पस र विश्वविद्यालय बन्द भएका छन् । अन्तिम समयमा परीक्षा स्थगित हुँदा परीक्षाकाे तयारी गरिरहेका परीक्षार्थीमा असर पुर्‍याएकाे छ । 

यसले तुलनात्मक रुपमा धेरै संवेदनशील हुने बालबालिकालाई धेरै असर गर्छ । नियमित जस्ताे राम्राे नतिजा ल्याउने विद्यार्थी अझै प्रभावित भएका छन्। पढ्ने र पढाउने वातावाण रोकि‌ँदा बालबालिकाले पढेका कुरा बिर्सने संभावना धेरै हुन्छ । यसले बालबालिकाको मनाेवल कमजोर बनाउछ भने उनीहरुमा धेरै आत्तिने, डराउने समस्या आउन सक्छ । 

यो असरलाई कम गर्न के गर्ने ? 

- पढाइलाई रिभ्यू गराउने । 

- शिक्षकले विद्यार्थीलाई सान्त्वनाको साथै काउन्सेलिङ गरिरहने । 

- उनीहरुको अगाडि नकरात्मक कुरा नगर्ने (जस्तै : यत्रो मेहनत खेर गयो, तैले पढेको काम लागेन भनने जस्ता शब्दको प्रयोग नगर्ने ।)

- कसैले पनि तर्साउने तथा भयावह अबस्था आउन नदिने । 

- कुनै पनि खालको चिन्ता तथा तनाव दिने काम नगर्ने । 

घरमा अभिभावकले के गर्ने ? 

- सबैभन्दा पहिला परीक्षा रोकिएको बालबालिकालाई धेरै मानसिक तनाव छ, त्यसैले यसलाई कम गर्ने कोसिस गर्ने । 

- तनाव हटाउनका लागि वातावरण सहज बनाइदिने । 

- मासिक तनाव हटाउनको लागि योग, ध्यान गर्ने, गीत सुन्ने, नाच्न लगाउने 

- नकरात्मक कुरा गर्दैे नगर्ने । 

- समय तालिका (रुटिन) अभिभावकले  नै बनाएर फलो गर्न लगाउने । 

- पढाइको साथ साथै उत्प्रेरित गर्ने खालको कुरा गर्ने । 

- जतिबेला पनि पढ पढ भनेर कर नगर्ने । 

- उनीहरुलाई एक दुई दिन रिल्याक्स हुन दिने, अनि बल्ल बिस्तारै पढाइमा ध्यान लैजाने । 

 - भान्सामा खाना बनाउन लगाउने, उनीहरुलाई जे गर्न मन पर्छ हरेक दिन केही समय छुट्याएर त्यो काम लगाउने । 

 - अनि पढेको कुरालाई हरेक दिन सम्झिन लगाउने । 

(साथी विना न्यौपानेले मनाेविद् डाक्टर गंगा पाठकसँग गरेको कुराकानीमा आधारित )

अन्तिम अपडेट: चैत ११, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया