विदेश पठाएका श्रमिकको बारेमा जानकारी राख्न म्यानपावर व्यवसायीलाई संघको अनुरोध

 चैत ७, २०७६ शुक्रबार १६:३३:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा पठाइएका श्रमिकको अवस्थाबारे जानकारी लिन तथा रोजगारदाताको सम्पर्कमा रहन सबै म्यानपावर व्यवसायीलाई अनुरोध गरेको छ ।

कोरोना भाइरसको जोखिम नेपाली श्रमिकको मुख्य श्रम गन्तव्यमा पनि बढेकाले आफूले पठाएका श्रमिकको अवस्थाबारे जानकारी राख्न र रोजगारदातासँग सम्पर्कमा रहन संघले सबै म्यानपावर व्यवसायीले आग्रह गरेको हो ।

गन्तव्य देशले जारी गरेका नियम मान्न र कोरोनाका कारण हुनसक्ने समस्यालाई समन्वयात्मक तबरबाट सम्धवोन गर्न पनि संघले भनेको छ । कोरोना भाइरसको सङ्क्रमण खाडीका देश र मलेसियासँगै दक्षिण कोरिया, जापान लगायत नेपाली श्रमिक कार्यरत देशमा पनि फैलिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया