रोल्पाको दुर्गम गाउँमा कोरोनाबारे सचेतना र साबुन वितरण

 चैत १०, २०७६ सोमबार १३:३१:५६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा– विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे रोल्पाको दुर्गम गाउँमा प्रहरीले सचेतना कार्यक्रम गरेको छ ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा जिल्लाको माडी गाउँपालिका–२ पारिबाङ गाउँमा कोरोनाबारे घरदैलो सचेतना कार्यक्रम गरिएको छ । 

त्यस अवसरमा ६ सय वटा साबुन पनि वितरण गरिएको छ । 

दलित तथा विपन्न समुदायको बसोबास रहेको गाउँमा घर–घरै पुगेर कोरोनाबाट बच्न साबुन पानीले हात धुन, बिरामी परेमा तत्काल अस्पताल जान र व्यक्तिगत

सरसफाइमा ध्यान दिन अनुरोध गरिएको प्रमुख प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । 

‘दुर्गम गाउँमा सञ्चार र सचेतनाको कमी भएकाले यस्तो कार्यक्रम गरिएको हो’ प्रहरी निरीक्षक खड्काले भन्नुभयो, ‘घरमै गएर प्रहरीले साबुन पानीले हात धुनुस् भनेपछि स्थानीय हर्षित भएका छन् ।’
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया