लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा सरकार बिस्तार
बैशाख ६, २०८१ बिहिबार
हेटौंडा – मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्न ३ प्रहरी र एक पत्रकारलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिकाको भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेतको वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोटको शिवालय २ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङको सिजुवा गाउँपालिका १ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् ।
पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् ।
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ चौकीटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हिरा लुटपाट गरेका थिए ।
लुटपाटको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको सम्मेलनमार्फत जानकारी दिइएको छ ।
प्रहरीले उनीहरूको साथबाट हिरा एक थान, पेस्तोल एक थान, सञ्चार सेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान र ल्यापटप १ थान बरामद गरेको छ ।
प्रहरीले लुटपाटमा प्रयोग भएको कार समेत नियन्त्रणमा लिएको छ ।
उनीहरूविरुद्ध चोरी तथा डाका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाइने मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।