बागमती प्रदेश प्रमुखले एक महिनाको तलब उपलब्ध गराउने

 चैत ११, २०७६ मंगलबार १५:४१:४७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर –बागमती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईंले कोरोना भाइरसका बिरामीको उपचारका लागि एक महिनाको तलब उपलब्ध गराउने बताउनुभएको छ ।

कोरोना भाइरस लागेका बिरामीको उपचारका लागि एक महिनाको तलब उपलब्ध गराउने प्रदेश प्रमुख प्रसाईंले बताउनुभयो । 

कोरोना भाइरसको उपचार कोषमा जम्मा हुनेगरी रकम सहयोग गर्न लागिएको प्रसाईँको भनाइ छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखा परेमा थप समस्या हुने भन्दै आफूले सहयोग गर्न लागेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया