लकडाउनको अवज्ञा गर्दै चलाएको मोटरसाइकल दुर्घटना : चालकको ज्यान गयो

 चैत १२, २०७६ बुधबार १२:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर -  भक्तपुरमा सरकारले घोषणा गरेको लकडाउनको अवज्ञा गर्दै चलाएको मोटरसाइकल ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा मंगलबार राति इन्धन सकिएर रोकिराखेको ना. ६ ख. ११०३ ननम्बरको ट्रकमा सूर्यविनायकबाट साँगातर्फ जाँदै गरेको बा.९० प.४०४० नम्बरको तीन जना चढेको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भइ हाल भक्तपुर कमलविनायक बस्ने २८ वर्षीय उत्तरबहादुर तामाङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर सिन्धुपाल्चोक जुगल नै घर भइ हाल भक्तपुर कमलविनायक बस्ने २८ वर्षीय आकाश तामाङ र ११ वर्षीय कोलसङ डोल्मा तामाङ गम्भीर घाइते भएका र आकाश तामाङको इवामुरा अस्पतालमा उपचार हुन नसकेपछि केएम सी अस्पताल सिनामंगलमा उपचार भैरहेको  छ । साथै अर्का घाइ कोलसङको भने इवामुरामा उपचार भएर आज घर फर्किएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा परेका ट्रक, मोटरसाइकल र ट्रक चालक चितवन भरतपुर १६ बस्ने २६ वर्षीय दुर्गाबहादुर तामाङलाई महानगरीय प्रहरी वृत जगातीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया