कोरोना भाइस : सल्यानमा एम्बुलेन्स तयारी अवस्थामा

 चैत १५, २०७६ शनिबार १३:५२:७ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानमा पनि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण्बाट बच्न तयारी तीव्र बनाइएको छ । १० वटै पालिकाले भारतलगायत देशबाट आएकाहरुको लगत सङ्कलन गरी उनीहरुलाई निगरानीमा राखेका छन् । 

जिल्ला अस्पताल सल्यानमा २० वटा क्वरेण्टीन र ५ वटा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ । तर अहिलेसम्म जिल्लामा शङ्कास्पद बिरामी नभेटिएको प्रमुख जिल्ला अधिकारी शविराम पोखरेलले बताउनुभयो ।  

सल्यानमा कोही शङ्कास्पद देखिएमा तत्कालै रुकुमको चौरजहारी, तुलसीपुर र सुर्खेतमा पठाउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । पालिकाहरुले प्रकोप व्यवस्थापन कोषको रकम खर्च गर्ने गरी तयारी अवस्थामा रहेको पोखरेलले बताउनुभयो । 

जिल्लामा ‘लकडाउन’ हुनुअघि  कपुरकोट नाका भएर कर्णाली प्रदेश भित्रिएका २७ हजारको कपुरकोटमा ज्वरो जाँच र स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरु सबैको अवस्था सामान्य देखिएको थियो । 

लकडाउनको समयमा दैनिक उपभोग्यका सामान किन्नको लागि सल्यानमा बेलुकी ४ बजेदेखि एक घण्टाको समय मिलाइएको छ । सदरमुकाम तथा बजार क्षेत्रमा सुनसान रहेको छ भने गाउँमा मानिसहरु परिवारका सदस्य जुटेर पशुचौपायाको स्याहार तथा खेतीपातीको काम गरिरहेका छन् ।

अन्तिम अपडेट: चैत ५, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया