पाँचथरमा विदेशबाट आएका २२ जना क्वरेण्टीनमा, दुई जना आइसोलेसनमा

 चैत १७, २०७६ सोमबार १०:१६:४९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर– पाँचथरमा पछिल्लो समय विदेशबाट आएका २२ जनालाई क्वरेण्टीनमा राखिएको छ ।

फिदिम नगरपालिकासहित विभिन्न स्थानीय तहमा बनाइएका क्वरेण्टीनमा उनीहरुलाई राखिएको छ । 

चैत १ गतेपछि विदेशबाट आएकाहरुलाई क्वरेण्टीनमा राख्ने निर्णय भएसँगै उनीहरुलाई राख्न थालिएको हो । क्वरेण्टीनमा राखिएकामध्ये अधिकांश खाडी देशहरुबाट आएका छन् । 

यस्तै दुई जनालाई पाँचथर अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिँदैछ । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । 

फाल्गुनन्द गाउँपालिकाका ४ जनालाई फिदिममा रहेको क्वरेण्टीनमा राखिएको छ । त्यसैगरी याङवरक गाउँपालिकामा ८, हिलिहाङ गाउँपालिकामा ७ र कुम्मायक गाउँपालिकामा ३ जनालाई क्वरेण्टीनमा राखिएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया