कीर्तिपुर मैदानमा १५ वर्ष बिताएका ‘सेते दाइ’ रहेनन्

 चैत १७, २०७६ सोमबार ११:६:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – मिर्गाैलामा समस्या देखिएपछि उपचारका क्रममा रहेका कीर्तिपुर मैदानमा काम गर्ने जयबहादुर तामाङ (सेते दाइ) को निधन भएको छ ।

गएको फागुन २८ गते मिर्गालामा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । वीर अस्पतालमा भर्ना हुनुअघि उनले स्टार हस्पिटलमा पनि जाँच गराएका थिए ।

झण्डै १५ वर्ष कीर्तिपुर क्रिकेट मैदानमा स्टाफका रुपमा काम गरेका उनको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग पनि उठेको थियो । सिप्यानले उनको उपचारका लागि राम्रो रकम दिएको थियो ।

यस्तै नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले पनि आर्थिक सहयोग जुटाउन पहल गरेको थियो । केही रकम हस्तान्तरण पनि गरेको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया