सिप्यान क्रिकेट अवार्ड स्थगित, ४ लाख ६२ हजार रुपैयाँ सरकारलाई

 चैत १७, २०७६ सोमबार १३:४२:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ – क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले गर्ने यस वर्षको क्रिकेट अवार्ड स्थगित भएको छ। कोरोना भाइरस (कोरोना भाइरस) को कारण उत्पन्न भएको खराब परिस्थितिलाई ध्यान दिएर अवार्ड स्थागित गरिएको सिप्यानले जनाएको छ ।

अवार्डको अर्को संस्करण सन् २०२१ मा हुने सिप्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसैबीच अवार्डमा वितरण गर्न लागिएको रकम सिप्यानले सरकारलाई दिने भएको छ।

वर्ष क्रिकेट खेलाडी (पुरुष,महिला), उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम एचिभमेन्ट अवार्डमार्फत प्रदान गरिने चार लाख ६२ हजार रुपैयाँ सरकारी कोषमा जम्मा गरिने सिप्यानले जनाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया