पोखरामा मोटरसाइकल नालीमा खस्दा एक जनाको ज्यान गयो

 चैत २०, २०७६ बिहिबार ११:३४:१८ | सुमन गुरुङ
unn.prixa.net

कास्की - पोखरामा बुधबार राति मोटरसाइकल नालीमा खस्दा एक जनाको ज्यान गएको छ ।

ग ११ प ८२८१ नम्बरको मोटरसाइकल नालीमा खस्दा मोटरसाइकल चालक पोखरा २६ सुन्दरीबजारका ३८ वर्षीय निम राज पुनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । स्थानीयले बिहीबार बिहान खबर गरेपछि प्रहरीले पुनको शव र मोटरसाइकल नालीबाट निकालेको थियो ।

मोटरसाइकलमा अरु सवार रहे वा नरहेको बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जानकारी दिनुभयो । स्थानीयले घटनास्थलमा एक महिलाको चप्पल समेत देखिएको बताएका थिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया