कोरोनाको त्रासले बैतडीका धार्मिक तथा पर्यटकीय गन्तव्य सुनसान : जात्रा पनि भएन

 बैशाख ६, २०७७ शनिबार ११:३०:२१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाको त्रासले बैतडीका धार्मिक तथा पर्यटकीय गन्तव्यहरु सुनसान बनेका छन् । 

यो समय पर्यटकहरुको भ्रमणका लागि उचित मौसम भए पनि कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि पछिल्लो समयमा पर्यटकीय गन्तव्यहरु सुनसान बनेका हुन् ।

नेपाल सरकारले घोषणा गरेको १ सय पर्यटकीय गन्तव्यको सूचीमा पर्न सफल बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, आस्थाको धरोहरका रुपमा परिचित देहिमाण्डौमा रहेको निंग्लाशैनी भगवती मन्दिर पनि लकडाउनले गर्दा सुनसान रहेको निंग्लाशैनी धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मान बहादुर बोहराले बताउनुुभयो ।

यस्तै तल्लोसोराड क्षेत्रको प्रसिद्ध मेलौली भगवती मन्दिरमा पनि यसपाली लकडाउनले गर्दा जात्रा हुन नपाएको मेलौली धार्मिक सेवा समितिले जनाएको छ । 
यसैगरी पतालभुवनेश्वर धाम तथा गुफा, सिगास धार्मिक क्षेत्र,रौलाकेदार लगायत शाक्तिपिठहरुमा यसपालिका कोरोनाका कारण जात्रा हुन सकेन ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया