नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
बैतडी - जिल्लाको दुर्गम सिगास घर भइ डेनमार्कमा अध्ययनरत एक मनकारी विद्यार्थीले कोरोनाको सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य सामग्री बैतडी र दार्चुलाका अस्पताल र सशस्त्र प्रहरीका लागि पठाएका छन् ।
डेनमार्कमा अध्ययनरत पंकज चन्दले जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुला, बैतडीस्थित सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म र दार्चुलास्थित सशस्त्र प्रहरी बल नम्बर ५० गुल्मलाई स्वास्थ्य सामग्री पठाउनुभएको छ ।
दुवै अस्पताललाई समान रुपमा २ सय ५० वटा सर्जिकल मास्क, ४ सय पञ्जा, ५ वटा स्यानेटाइजर र ४ थान पीपीई हस्तान्तरण गरिएको छ ।
यस्तै बैतडी र दार्चुलाका सशस्त्र प्रहरीका गुल्मलाई समान रुपमा ३ सय ५० थान मास्क, ४ सय थान पञ्जा र ८ वटा स्यानेटाइजर पठाइएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो ।
गृह जिल्ला बैतडीको स्वास्थ्य अवस्था सम्झेर पंकजले अनलाइनमार्फत काठमाण्डौमा स्वास्थ्य सामग्री खरिद गरेर पठाउनुभएको हो ।
कोरोना भाइरसविरुद्धको अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले स्वास्थ्य सामग्री पाएपछि भाइरसको जोखिमबाट बच्न सहज हुने बैतडी अस्पतालका प्रमुख डा. बसन्तराज जोशीले बताउनुभयो ।
विदेशबाट गृह जिल्लालाई सम्झिएर स्वास्थ्य सामग्री पठाउनु निकै प्रशंसनीय कार्य भएको जोशीको भनाइ छ ।