कोरोना सङ्क्रमणबाट बच्न राेल्पामा 'फूट प्रेस ट्याप'

 बैशाख ७, २०७७ आइतबार १३:१२:३० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – साबुन पानीले हात धोइ सकेपछि अन्तिममा धारा बन्द गर्दा फेरि पनि सङ्क्रमणको जोखिम कायमै रहन्छ । ुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु यसैलाई ध्यानमा राखेर रोल्पाका एक जना युवा प्राविधिकले खुट्टाले थिचेर हात धुने धारा बनाएका छन् । 

रुन्टिगढी गाउँपालिकाका २१ वर्षीय दानबहादुर घर्तीले हातले नछोएरै खोल्न सकिने धारा बनाउनुभएको हो । कोरोना भाइरस (कोभिड १९) को जोखिम बढिरहेको बेला नियमित रुपमा साबुन पानीले हात धुँदा हातले धारा नछोएरै कसरी खोल्ने भन्ने सोच आएपछि यो धारा बनाउन सफल भएको घर्तीले बताउनुभयो । 

विज्ञान सङ्कायबाट कक्षा १२ मा अध्ययनरत घर्तीले बनाउनुभएको पहिलो धारा जिल्ला अस्पताल रोल्पामा राखिएको छ । सबैभन्दा धेरै जोखिम क्षेत्र अहिले अस्पताल भएकाले त्यहाँ राखिएको हो । 

झण्डै ३० देखि ५० हजारसम्म लाग्ने यो धारा निर्माणका लागि आवश्यक सामाग्री लिबाङमा रहेको मिलन ग्रील उद्योगका सञ्चालक मिलन डाँगीले सहयोग गर्नुभएको हो । अस्पताल जस्तो ठाउँमा सङ्क्रमणको जोखिम अझ बढी हुने भएकाले यो धाराले सङ्क्रमणबाट बच्न महत्वपूर्ण भूमिका खेल्ने रोल्पा अस्पतालकी डाक्टर धनमाया घर्तीले बताउनुभयो ।

सीमित स्रोत र साधनकाबीच पनि यस्तो आधुनिक धारा निर्माण भएपछि रोल्पाका सरोकारवालाहरुले पनि चासो देखाएका छन् । यस प्रकारको धारालाई जिल्लाका अन्य सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा राख्न सके सङ्क्रमणको जोखिमलाई कम गर्न सकिने देखिन्छ । 

अन्तिम अपडेट: चैत १, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया