एन्फाले फिफाबाट पाँच लाख अमेरिकी डलर पाउने

 बैशाख १३, २०७७ शनिबार १८:६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व फुटबल महासङ्घ (फिफा) ले आफ्ना एसोसिएट राष्ट्रलाई दिँदै आएको सहयोग अनुसार यो पटक पाँच लाख डलरका दरले वितरण गर्ने भएको छ । जसमा अखिल नेपाल फुटबल सङ्घले पनि पाँच लाख डलर पाउने भएको छ ।

फिफाले हरेक सदस्य राष्ट्रमा कोरोनाका कारण फुटबल गतिविधि नभएको अवस्थामा आर्थिक रुपमा ठूलो नोक्सानी भएको भन्दै सहयोग गर्ने बताएको थियो । त्यही अनुसार उसले अहिले पाँच लाख डलर दिने भएको हो ।

यो रकम छुट्टै शीर्षकमा भन्दा पनि नियमित बजेटमा आउने भएको छ । यसका लागि फिफाले स्थापना गरेको कोषबाट झण्डै १५ करोड डलर खर्च गर्ने भएको छ । जसमा सदस्यलाई बराबर रुपमा रकम पठाउने भएको छ ।

फिफाले शनिबार (आज) साँझसम्म रकमका बारेमा पत्र पठाउने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । त्यसपछि मात्र कुन शीर्षकमा रकम आएको भन्ने थाहा हुने बताए । तर नियमित बजेटका रुपमा आउन लागेको प्रारम्भिक जानकारी भएको उनले बताए ।

यो रकमबाट कर्मचारीको तलब, आर्थिक हिसाब किताब राख्नुपर्ने हुन्छ । यतिबेला विश्वमा जस्तै नेपालमा पनि कोरोनाको असर परिरहेको छ । जसका कारण एन्फाले सबै फुटबल गतिविधि बन्द गर्नुपरेको छ । एन्फाको मुख्यालय पनि बन्द रहेको छ भने अतिआवश्यक काम घरबाटै भइरहेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया