आजदेखि 'लकडाउन' मा थप कडाइ, उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकामा थप सक्रियता

 बैशाख १६, २०७७ मंगलबार ९:२९:५६ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – सरकारले आज (मङ्गलबार) देखि लकडाउनलाई थप कडाइ गर्ने भएको छ । त्यसको लागि आजदेखि उपत्यका भित्रने र बाहिरिने मुख्ने नाकासँगै उपत्यकाभित्र पनि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयमा पनि यसबारे परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । उहाँले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अत्यावश्यक सामान ढुवानी गरिरहेका गाडीलाई आहोर दोहोरमा कुनै अवरोध नगरेको बताउनुभयो । तर लकडाउनको उल्लङ्घन गर्ने गाडी र पैदलयात्रु बढेपछि आजदेखि थप कडाइ गर्न निर्देशन दिएको उहाँको भनाई छ ।

साेमबार नागढुङ्गा नाका हुँदै सयौँको सङ्ख्यामा मानिस काठमाण्डाै भित्रन खोजेपछि सरकारले आजदेखि थप कडाइ गर्ने निर्णय गरेको हो । उनीहरुमध्ये धेरैलाई प्रहरीले जताबाट आएको त्यतै फर्काइएको छ ।

केहीलाई क्वरेण्टीनमा पठाइएको र स्वास्थ्य जाँचका लागि आएकालाई स्वास्थ्य परीक्षण गरेर काठमाण्डाै भित्र्याइएकाे छ । उनीहरुलाई मर्कामा नपारिकन काम गरिएको प्रहरीको दाबी छ । तर रातभरिको यात्रा गरेर आए पनि फर्काएको भन्दै उनीहरुले दुखेसो पोखेका छन् ।

यसैबीच साेमबारसम्म नागढुङ्गा नाकाबाट दैनिक एक सयभन्दा धेरै गाडी आहोर दोहोर गर्ने गरेकामा आजदेखि आहोर दोहोरमा रोक लगाउने निर्णय भएको ट्राफिक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया