भरतपुर कोरोना विशेष अस्पतालमा अख्तियारको छापा

छानबिन समितिका अध्यक्षद्वारा राजीनामा

 बैशाख १६, २०७७ मंगलबार १८:१८:५७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसान्धान आयोग हेटौडाको टोलीले छापा मारेको छ । अनियमितता भएको आशंकामा आयोगले छापा मरेको हो । अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ ।

प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो । 

रातको समयमा कर्मचारीले सामान ओसारेको सीसीटीभी फुटेज बाहिरिएपछि सामग्रीको अनियमितता भएको आशंका पनि गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीले सामान चोरी गरेको आरोप लागेको छ । आरोप लागेपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले छानबिन समिति समेत बनाएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख शिवकुमार कार्कीको नेतृत्वमा आएको टोलीले अस्पतालका कागजपत्रहरु नियन्त्रणमा लिएको छ । 

प्रारम्भिक चरणको अनुसन्धान सुरु भएको जानकारी दिँदै उहाँले कागजपत्र संकलन गर्ने काम भएको जानकारी दिनुभयो । 

छानबिन समितिका अध्यक्षद्वारा राजीनामा 

छानबिन समितिका संयोजक उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले आफूले काम गर्नुअघि नै घटनाका सम्बन्धमा राजनैतिक हिसाबले टिकाटिप्पणी र सूचना आदानप्रदान भएकोले गैर राजनैतिक संस्था उद्योग संघको अध्यक्षको हैसतले उक्त समितिमा रहेर काम गर्नु संघको भावना विपरीत हुने भन्दै राजीनमा दिएको बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया