इरफान खान : सानाे शहरदेखि हलिवुडसम्मको यात्रा

 बैशाख १८, २०७७ बिहिबार ९:१:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – सन् १९८८ जब मीरा नायरको फिल्म सलाम बम्बेले विश्वभर तहल्का पिटिरहँदा एक जना दुब्लो पातलो १८ २० वर्षको युवक केही सेकेण्डको लागि स्क्रिनमा देखिन्छन् । 

सडक किनारामा बसेर मानिसहरुको लागि चिट्ठी लेखिदिने एक युवकले छोटो अभिनय गरेका थिए अभिनेता इरफान खानले र यो डायलग बोलेका थिए–

‘बस–बस १० लाइन हो गया, आगे लिखने का ५० पैसा लगेगा 
माँ का नाम पता बोल’

पहिलो पटक दर्शकहरुले इरफान खानको पिल्म पर्दामा देखेर भुले । तर ती अभिनेता पछि गएर भारतमा मात्रै नभइ विश्वभरि नाम कमाउँछ भन्ने सायदै कसैलाई थाहा थियो । 

सन् १९६६ मा जयपुरमा जन्मिएका इरफान खानको बाल्यकाल एक छोटो शहरमा बित्यो । शहर सानो थियो तर सपना ठूलो थियो ।

बाल्यकालदेखि नै कहानी र कथामा रमाउने इरफानको झुकाव सिनेमामा हुनु स्वभाविक थियो । विशेषगरी नसीरुद्दीन शाहको फिल्म देखेर । 

राज्य सभा टीभीलाई दिएको एक अन्तर्वार्तामा बाल्यकालको एक कहानी सुनाउँदै इरफानले भनेका थिए, ‘मिथुन चक्रवर्तीको फिल्म मृग्या आएको थियो । कसैले भन्यो कि मेरो अनुहार मिथुनसँग मिल्छ भनेर । र मलाई लाग्यो म फिल्ममा काम गर्न सक्छु । कैयौँ दिनसम्म म मिथुनको जस्तो हेयरस्टाइल बनाएर हिँडिरहेँ ।’

तर भविष्यमा इरफान आफै एक ट्रेण्डसेन्टर बन्ने वाला थिए । 

हलिवुड फिल्ममा पनि काम गरे

एकतर्फ आफूलाई हिन्दी सिनेमामा सबैभन्दा प्रतिभावान् अभिनेताको सूचीमा स्थापित गरेका इरफानले हलिवुडमा लाइफ अफ् पाई, द नेमसेक, द स्लमडग मिलिनियर, द माइटी हार्ट, द अमेजिङ स्पाइडरम्यान जस्ता फिल्ममा काम गरे । 

अर्थात् एङ्ग ली र मीरा नायरको फिल्मदेखि अनीस बज्मी र शूजीत सरकारसम्म । 

इरफान आफैमा प्रतिभाको खानी थिए– खासगरी शाहरुख, आमिर र सलमान– तीन खानले घेरिएको बलिवुडमा । 

चाहे आँखाबाट अभिनय गर्ने उनको स्वभाव होस्, डायलग बोल्ने आफ्नो सहजता, रोमान्टिक रोलदेखि लिएर असभ्य वा खुङखार डाँकु बन्ने उनको क्षमता– यस्तो सुन्दर तालमेल कमै मात्रामा देख्न पाइन्छ । 

उदाहरणका लागि पान सिंह तोमरमा डाँकुको रोल र उसमा जस्तो निर्दाेषपना, सोझोपन, पीडा, तिरस्कार र विद्रोहको भाव एकैसाथ देखिन्थ्यो । 

जब प्रणालीदेखि हतास भएका बन्दुक उठाइसकेका पान सिंह भन्छन्– असहजमा विद्रोही हुन्छ, संसद्मा डाँकु भेटिन्छ... थिएटरमा गुञ्जिएको ताली मात्र यो संवादको लागि थिएन, आफ्नो अभिनयबाट इरफानले हामीलाई उनको कुरा सही भएको यकिन दिलाउँछन्, चाहे त्यो सही नहोस् । 

फरक–फरक भूमिका, छुट्टै छाप

सन् २०१२ मा आएको यो फिल्मका लागि इरफानले राष्ट्रिय पुरस्कार जितेका थिए । 

त्यस्तै हैदरमा कश्मीरमा रुहदारको रोलले भन्छ– सिया पनि छ, सुन्नी पनि छ र पण्डित पनि छ । 

रुहदारको भूमिका जसलाई भूतको रुपमा चित्रण गरिएको थियो तर यस्तो लाग्थ्यो त्यो जीवितै छ र हाम्रै विचारको आवाज हो । 

वा फिल्म मकबूलमा अब्बाजीको लागि बफादारी (पंकज कपूर) र निम्मी (तब्बू) को बीच फसेका मियां मकबूल (इरफान) जो अब्बाजीको हत्या गरेर उसबाट पीछा छुडाउँछ तर ग्लानिले उसको पीछा छोड्दैन । त्यो सिन जहाँ इरफान र तब्बूलाई आफ्नो सफा हातमा पनि रगतको धब्बाको महसुस हुन्छ– केही पनि नबोली इरफानको आत्मग्लानिको भावले हामीलाई पनि मौन बनाउँछ । 

जब उनी फिल्म जज्बामा ऐश्वर्यासँग भन्छन् ‘मोहब्बत है इसीलिए तो जाने दिया, जिद्द होती तो बाहों मे होती’ हामीलाई थाहा हुन्छ कि यो जस्तो आकर्षक प्रेम हुनै सक्दैन ।

यसो भन्नुको तात्पर्य यो हो कि जुन रोलमा इरफान पर्दामा देखिन्छन्, दशर्कलाई लाग्छ, उनले जस्तो उम्दा अभिनय कसैले पनि गर्न सक्दैन, यही उनको विशेषता थियो । 

यस्तो उद्योग जहाँ टाइपकास्ट गरिनुलाई एक नियम जस्तै मानिन्छ, इरफानले ती सारै नियमलाई तोडिदिए । 

जब हासिल जस्तो रोलपछि उनलाई सबै नेगेटिभ रोल दिइन थालियो तब हिन्दी मिडियम जस्तो रोलबाट उनले पटक पटक आफ्नो कमिक टाइमिङलाई आकर्षक रुपमा देखाए । 

टीभीमा छोटो भूमिका र सङ्घर्ष

लन्चबक्स का साजन फर्नेन्डिस सायदै उनले निभाएको सबैभन्दा प्यारो भूमिका हुन सक्छ । एक लन्च बक्स र डब्बामा पठाइएको चिट्ठी र दुई जनाको प्रेम कहानी, जो कहिल्यै पनि सम्पर्कमा आएनन् । 

इरफानले साजन फर्नेन्डिजको भूमिकालाई जुन ढङ्गले निभाए, त्यसलाई अभिनयको मास्टरक्लास मानिन्छ । यो फिल्म कान फिल्म फेस्टिभलमा पनि पुग्यो । 

यदि तपाईँले करीब करीब सिंगल या पीकू देख्नुभएको छ भने यो मान्छे असल जिन्दगीमा कति रोमान्टिक होला भनेर सोच्न सकिन्छ । जे थिया, उनी खुलस्त भन्ने गर्थे । 

तर सफलताको यो प्रकाशको पछि वर्षाैँसम्मको गुमनामी, सङ्घर्ष र टीभीमा सानोतिनो रोल गर्ने सङ्घर्ष पनि थियो । 

अन्य कलाकार जस्तै नेशनल स्कुल अफ् ड्रामा (एनएसडी) मा पढाइ गरेपछि उनी मुम्बई हनिए तर उनले फिल्ममा सानोतिनो रोलबाहेक अरु केही पाउन सकेनन् । 

एक डाक्टरको मृत्यु र कमलाको मृत्युमा पंकज कपूरसँगै छोटो रोलमा देखिएका थिए । साथै उनी टीभीमा पनि काम गर्न थाले । जसलाई दर्शकहरुले याद हो वो कहकशां, लाल घास पे नीले घोडे, भारत एक खोज, बनेगी अपनी बात, मा देखे । 

एनले चन्द्रकान्ता सिरियलमा बद्रीनाथको भूमिका पनि निभाएका थिए । 

तर उनको क्षमतालाई चिन्ने काम अङ्ग्रेजी फिल्मकार आसिफ कपाडियाले गरे भन्दा गलत नहोला । सन् २००१ म फिल्म वारियरमा, जो बाफ्टासम्म पुग्यो । 

इरफानले आफ्नो करियरमा खराब मान्न सकिने फिल्म गरेका छैनन् भन्न मिल्दैन । 

इरफान खान : द म्यान, द ड्रीमर

लण्डनमा एक पटक उनीसँग अन्तर्वार्ता गर्ने मौका मिल्यो र उनले भनेका थिए, ‘जबसम्म मान्छेले सही–गलत भोग्दैन भने उसले कसरी सम्झिन्छ ।’

स्लमडग मिलियनेयरमा उनको रोल खासै ठूलो थिएन तर उनले कतिपय रोलले आफैलाई धेरै कुरा सिकाउने बताए । 

अन्तर्राष्ट्रियस्तरमा पनि उनको कद कति उच्च छ भनेर असीम छोबडाले लेखेको किताब ‘इरफान खान : द म्यान, द ड्रीमर द स्टार’मा देखिन्छ । सन् २०१० मा इरफान खान न्युयोर्कको एक रेस्टुरेन्ट थिए र उनले आफ्नो अघिल्लो टेबलमा हलिवुड एक्टर मार्क रफलोलाई देखे  

इरफान एक समर्थक जसरी उनीसँग भेट्न चाहन्थे तर त्यति ठूलो व्यक्तिसँग कसरी भेट्ने भनेर उत्सुक भइरहेको थियो । यत्तिकैमा मार्क टेबलबाट उठेर इरफानको नजिकै आए र भने, ‘मैले तपाईँको काम देखेँ, स्लमडगमा निकै उम्दा काम गर्नुभएको छ ।’

अचम्मको कुरा के छ भने, जस एनएसडीमा इरफान पढाइ गरिरहेका थिए तब उनले पहिलो अन्तर्राष्ट्रिय फिल्म पाएका थिए । मीरा नायरलाई उनलाई सलाम बम्बेमा एक ठूलो रोलका लागि छानेकी थिइन्, उनी मुम्बई आएर वर्कशपमा पनि सहभागी भए र दुई दिनपछि भनियो कि उनी त्यो चलचित्रको हिस्सा छैनन् । 

बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले त्यसदिन आफू रातभर रोएको बताए । पछि उनलाई छोटो रोल दिइयो । 

तर त्यसको कर्जा मीरा नायरले १८ वर्षपछि इरफान खानलाई द नेमसेकमा अशोक गांगुलीको रोल दिएर चुकाइन् । 

यो रोललाई देखेर शर्मिला टेगोरले इरफान खानलाई म्यासेज गरेकी थिइन्– जन्म दिने आफ्ना आमाबुवालाई धन्यवाद भन्नुस् ।

संयोग यस्तो पर्यो कि तीन दिनअघि मात्र उनकी आमा सईदा बेगमको निधन भयो र अब इरफान खान पनि रहेनन् । 

हिन्दी सिनेमा र विश्वको सिनेमामा आफ्नो अभिनयको जादु देखाउने, आफ्नो फिल्मबाट सबै भावना गलत या सही बताउने, ब्ल्याक वा ह्वाइट हुँदैन.. यीबीचको वास्तविकता सम्झाउने, दर्शकलाई सयौँ पटक हँसाउने र रुवाउने.. इरफानलाई मनैदेखि धन्यवाद ।

हिजो राति उनको अन्तिम फिल्म अङ्ग्रेजी मिडियम देखेर जे बित्यो । राजस्थानको एक सानो शहरमा रहने चम्पक बंसल (इरफान) र उसको सपनाको कहानी– साँच्चै वास्तविक जिन्दगीको जस्तो छ । 

चम्पक बंसलको बोली आज रातसम्म कोठामा गुञ्जिरहनेछ । 

बीबीसी हिन्दीमा प्रकाशित लेखको अनुदित अंश 

अन्तिम अपडेट: असार २६, २०७७

तपाईको प्रतिक्रिया