घरमै बनाएकाे जाँडरक्सी खाँदा एकै वडाका पाँच जनाकाे ज्यान गयाे

 बैशाख १८, २०७७ बिहिबार १२:२८:२१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महाेत्तरीको भङ्गहा नगरपालिकामा जाँडरक्सी खाँदा दुई दिनमा पाँच जनाको ज्यान गएको छ । बुधबार र बिहीबार भङ्गहा नगरपालिका ७ का एकै वडाका पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भङ्गहा नगरपालिका ७ नयाँटोल मझौलियाका ५५ वर्षीय लालबाबु सिंह, ४२ वर्षीया नथुनी महरा, मेघरौलका ४५ वर्षीय मोहन चौधरी, रौतहट घर भइ भङ्गहामा काठ मिस्त्रीको काम गर्दै आएका ४० वर्षीय महेन्द्र चौधरी र सिकिन्द्र सिंहको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जाँडरक्सी खाएपछि पाँच जनाको ज्यान गएको बताउनुभयो । उनीहरुले घरमा नै जाँडरक्सी बनाउने र खाने गरेकाे पाइएको छ ।

लालबाबु सिंह र सिकिन्द्र सिंहको शव प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टमकाे लागि जलेश्वर अस्पताल महोत्तरी पुर्‍याइएकाे  छ । अरु तीन जनाको भने अन्तिम संस्कार गरिसकिएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया