सप्तरी र गुल्मीमा डुबेर दुईजनाको ज्यान गयो
बैशाख ८, २०८१ शनिबार
बाजुरा - सरकारले लकडाउन घोषणा गरेपछि छिमेकी देश भारतका साथै अन्यत्रबाट बाजुरा आउनेको सङ्ख्या दुई हजार नाघेको छ ।
शनिबारमात्रै भारतको धार्चुलाबाट ८४ जना बाजुरा भित्रिएका छन् । धार्चुलाबाट हुम्लाका ३० जना, मुगुका २६ जना, सुर्खेतका चार जना र दैलेखका दुई जना बाजुरा भित्रिएका छन् । उनीहरुलाई मार्तडीको हाटबजार व्यवस्थापन समितिले खाने र बस्ने ठाउँको व्यवस्था मिलाइरहेको छ ।
समितिका अध्यक्ष चक्रबहादुर मल्ल भन्नुहुन्छ, ‘तत्कालका लागि जिल्लामा भित्रिरहेकाहरुलाई खाने-बस्ने व्यवस्था मिलाएका छौँ । तर, उनीहरुलाई घर पठाउन भने समस्या भएको छ ।’
कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले बाजुरा जिल्ला भित्रिनेको सङ्ख्या उल्लेख्य भएकाले सबैलाई कवेरेण्टीनकाे व्यवस्थापन गरेर राख्न र घर पठाउन नसकिने निर्णय गरेको छ । यसअघि भने बैठकले बाजुरा भित्रिएकालाई त्यही कवरेण्टीनमा राख्ने निर्णय गरेको थियो ।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयानाथ पन्थले अहिले बाजुरामा ३ सय ६५ जनालाई क्वरेण्टीनमा राखिएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले भने अन्यन्त्रबाट आउने र बाजुराबाट अन्यत्र जाने क्रम तत्काल नरोके चुनौती बढ्ने बताउँदै सरकारले बाजुरा आएका सबैको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।