‘कथा खरर, मन हरर...' अब युट्युब च्यानलमा

 बैशाख २१, २०७७ आइतबार १७:१३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - थिएटर मल किर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वरेन्टीन अभियान अन्तर्गत बालबालिका केन्द्रीत कार्यक्रम ‘कथा खरर, मन हरर' सुरु गर्ने भएका छन् । 

लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वरेन्टीन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना गरेका यी नाट्य संस्थाले ‘बालबालिका पनि देख्न, सुन्न, महशुस गर्न र कल्पना गर्न सक्छन’ भन्ने भावका साथ उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो ।

'कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबुवा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो', थिएटरका निर्देशक केदार श्रेष्ठले भन्नुभयाे, '‘त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौँ ।'

‘कथा खरर, मन हरर’ बालकोसेली युट्युब च्यानलमा भोलीदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ । 

कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुने कार्यक्रमका सह-निर्माता प्रशुन सिन्धुलियले बताउनुभयो । बालबालिकाले कथा सुनाएको भिडियो [email protected] मा पठाउन पनि उहाँले अनुरोध गर्नुभयो ।


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया