पहिचान हुन नसकेकाे राेगबाट १२ जनाकाे ज्यान गएपछि महाेत्तरीमा अनुसन्धान सुरु

 बैशाख २२, २०७७ सोमबार ८:४७:४९ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – पहिचान हुन नसकेकाे रोगबाट १२ जनाको ज्यान गएपछि महोत्तरीमा विशेषज्ञ टोलीले अनुसन्धान सुरु गरेको छ । बर्दिबास नगरपालिका १२ र बर्दिबाससँगै सीमा जोडिएको भङ्गहा नगरपालिका ६ र ७ मा १२ जनाको ज्यान गएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डाैकाे टोली महोत्तरी पुगेर के राेगकाे कारण ज्यान गएकाे हाे भन्नेबारेमा अनुसन्धान सुरु गरेको छ ।

विशेषज्ञ टोलीले स्क्रिनिङ र अनुसन्धानको काम थालेको र्‍यापिड रेस्पोन्स टिम कोभिड– १९ का स्रोत व्यक्ति गिरेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाएकामध्ये दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ भएको छ । अरु १० जनाको रिपोर्ट आउन बाँकी छ ।

घटनाबारे थप अनुसन्धान गर्न धरानबाट समेत विज्ञ टोली खटिनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया