धनकुटामा पानीमा डुबेर बालिकाको ज्यान गयो

 बैशाख २२, २०७७ सोमबार २०:३८:५ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटामा पानीको ट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ । 

आइतबार साँझ ५ बजे घरमै रहेको पानीको ट्याङ्कीमा डुब्दा धनकुटा नगरपालिका–१ हिले मा रहेको तितुङ टोलका राजीव तितुङकी १८ महिने छोरी सिर्जनाको ज्यान गएको हो । 

खेल्ने क्रममा पानीको ट्याङ्कीभित्र खसेर डुब्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।अभिभावक अन्य काममा व्यस्त भएका बेला खेल्दै जाने क्रममा पानीको ड्रम भित्र खसेर बालिकाको ज्यान गएको हो ।

वैदेशिक रोजगारीमा रहेका बालिकाका बुबाले पठाएको पैसा निकाल्न आमा बजार गएको समयमा यो घटना भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि अहिले प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको थियो । 

मृत बालिकाको शवलाई धनकुटा अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया