'लकडाउन'मा नागरिकहरु घरमै, सामाजिक सुरक्षा भत्ता हातहातमा

 बैशाख २३, २०७७ मंगलबार २२:०:१४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – लकडाउनको समयमा कतिपय एकल महिला, अपाङ्ग र जेष्ठ नागरिकहरुलाई दैेनिक जीवनयापन गर्न गाह्राे भइरहेकाे बेला रामेछाप नगरपालिकाले उनीहरुको सहजताका लागि सामाजिक सुरक्षा भत्ता घरघरमै लगेर वितरण गरेको छ ।

आफ्ना नगरका एकल महिला, अपाङ्ग,जेष्ठ नागरिकहरु भोक भोकै बस्नु नपरोस् भन्दै नगरपालिकाले सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबापतको रकम समयअघि नै उपलब्ध गराएको हो ।कतिपय पालिकाहरु राहत वितरणका कारण विवादमा आइरहेका बेला रामेछापले आफ्ना सवै बडाका लागि रकम निकासा गरिसकेको छ । यसअघि हरेका चार/चार महिनामा चौमासिक भत्ता उपलब्ध गराउँदै आएको नगरपालlकाले यस पटक चैत र वैशाख महिनाको भत्ता दुई महिनाअघि नै उपल्ब्ध गराएको हो ।

अत्यावश्यक वर्गका लागि मात्र राहत वितरणको प्रक्रियाअघि बढ्दा सोचेभन्दा बढी सर्वसाधारणको अपेक्षा राहत केन्द्रित देखिएपछि रामेछाप नगरपालिकाले लक्षित वर्गको लागि दुई महिनाबापतको एक करोड ५० लाख रुपैयाँ आफ्ना वडा कार्यालयहरुमा उपलब्ध गराएको हो । जस अन्तर्गत नगरका वडा नम्बर ६ को ओखेनी, वडा नम्बर ७ को शुकाजोर र वडा नम्बर ८ को रामेछापले भने भत्ताबापतकाे रकम घरघरमा पुगेर वितरण गरिसकेको छ ।

लकडाउनका कारण घरबाहिर निस्कन नपाएका सर्वसाधारण र लक्षित वर्गहरुलाई वडामा आउजाउ गर्न समस्या हुने र रकम तथा खाद्यन्न अभाव भएका कारण चुल्हाे ननिनिभोस भनेर घर घरमा नै भत्ता पुर्‍याएकाे वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर खड्काले बताउनुभयाे ।

गएकाे वर्षदेखि नै घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरेर सबैका लागि प्रेरणा बन्दै आउनुभएका वडा नम्बर ७ का वडाध्यक्ष समिर कार्कीले आफ्नो वडाका सबै घरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको बताउनुभयाे ।

नेपाल सरकारले परिभाषित गरेको लोपोन्मुख हायु जातिको समेत बाक्लो बस्ती रहेको शुकाजोरमा एक हजार दुई सय नागरिक सामाजिक सुरक्षा पाउने सूचीमा रहेका छन् । यस वडाका लागि चौमासिक रुपमा एक करोड २८ लाख रुपैयाँ खर्च हुने गरेकोमा यस पटक भने २ महिनाको मात्र वितरण गरिएको कार्कीले जानकारी दिनुभयाे ।

त्यस्तै रामेछाप नगरपालिका ८ का वडाध्यक्ष केदार कार्कीले पनि वडावासीकाे घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको बताउनुभयाे । यसअघि असार महिनामा मात्र चार महिना बापतको रकम उपल्ब्ध गराउने व्यवस्था रहेकोमा यस पटक भने दुई महिनाअघि नै वडा कार्यालयले रकम वितरण गरिसकेकाे उहाँले जानकारी दिनुभयाे । त्यसैगरी अति विपन्न परिवारका लागि पनि वडा कार्यालयले राहत वितरणको तयारी गरिरहेको उहाँकाे भनाइ छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया