दुबईमा कोरोनाको कारण एक नेपालीको ज्यान गयो

 बैशाख २३, २०७७ मंगलबार १६:४७:२४ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - यूएईको दुबईमा कार्यरत एक नेपालीको कोरोनाको कारण ज्यान गएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको उहाँ कार्यरत कम्पनीले जनाएको छ । उहाँ वैशाख ५ गते अस्पताल भर्ना हुनुभएको थियो ।

स्वास फेर्न तथा ज्वरो आउने समस्या बढेपछि उहाँलाई सँगै बस्ने छिमेकीले अस्पताल पुर्याएका थिए । सुरुमा निमोनियाका कारण बिरामी भएको भन्दै अस्तर मेडिकलले उहाँलाई निमोनियाको औषधि दिएको थियो । धेरै असजिलो भएपछि दुबईको रशिद अस्पताल पुर्याइएको सहकर्मीहरुको भनाइ छ ।

उहाँलाई भेण्टिलेटरमा राखेर उपचार गराइएकोमा आइतबार साँझ ज्यान गएको दूतावास स्रोतले जनाएको छ ।

सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसको कारण ज्यान गएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले परिवारलाई जानकारी दिएको छ ।

योसँगै यूएईमा एक हप्ताभित्र अर्घाखाँचीका दुई जनाको ज्यान गएको छ । यसअघि आबुधावीमा कार्यरत सन्धिखर्क ६ जगताका सुशील भट्टराईको ज्यान गएको थियो । भट्टराईको ज्यान जानुको कारणबारे अनुसन्धान भैरहेको कम्पनीले जनाएको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया