महोत्तरीको भंगहामा मंगलबार थप एक जनाको मृत्यु

 बैशाख २३, २०७७ मंगलबार १८:२६:२६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको भंगहा नगरपालिका-७ मा थप एक जनाको मृत्यु भएको छ ।

लामो समयदेखि बिरामी रहदै आएकी स्थानीय ७० वर्षीया देवी महतोको मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

श्वास प्रश्वासका बिरामी रहेकी महतोको उपचारको क्रममा स्थानीय स्वास्थ्य चौकीमा मृत्यु भएको चिकित्सक विजयकुमार साहले बताउनु भयो । महतोलाई उपचारको लागि अस्पतालमा ल्याउने बित्तिकै मृत्यु भएको साहले जानकारी दिनुभयो ।

घटनाको सम्बन्धमा चिकित्सकले प्रारम्भिक अनुसन्धान गरी मृतकको शव परिवारको जिम्मा लगएको भंगहा नगरपालिकाका नगरप्रमुख संजीव कुमार साहले जानकारी दिनुभयो ।  


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया