चट्याङ लागेर रोल्पामा २ जनाको ज्यान गयो

 बैशाख २५, २०७७ बिहिबार १३:१९:४६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - चट्याङ लागेर रोल्पाको लुङ्ग्री गाउँपालिकामा आज दुई जनाको ज्यान गएको छ ।
चट्याङ लागेर लुङ्ग्री गाउँपालिका २ सिर्पका ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको ज्यान गएको वडाध्यक्ष अमृत घर्तीले जानकारी दिनुभयो ।

बिहान साढे ८ बजे परेको चट्याङले गहुँ भित्र्याइरहेका विक र ट्वाइलेट जान लागेका पुनको घटनास्थलमै ज्यान भएको हो । झण्डै ६० मिटरको दुरीमा रहेको दुवै घरमा क्षति पुगेको र भीमबहादुरको बाख्राको पाठा समेत मरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर गुरुङले बताउनुभयो ।

घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको छ ।

 यो पनि पढ्नुहोस्

अन्तिम अपडेट: बैशाख ५, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया