डाक्टर गोविन्द केसी बझाङमा

 बैशाख २५, २०७७ बिहिबार १८:२४:३७ | डीबी बिष्ट
unn.prixa.net

 बझाङ – डाक्टर गोविन्द केसी जिल्ला अस्पताल बझाङ आइपुग्नुभएको छ । 

डाक्टर केसी बुधबार बेलुका जिल्ला अस्प्ताल बझाङ पुग्नुभएको जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले बताउनु भयो । डाक्टर केसी केही समय मात्रै बझाङ बस्ने जिल्ला अस्पताल बझाङका कार्यलय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताउनु भयो ।

डाक्टर ओखेडाका अनुसार डाक्टर केसी बझाङ पुगेको यो दोस्रो पटक हो । डाक्टर केसीले अहिले जिल्ला अस्पतालमा रहेका बिरामीहरु लाई सेवा दिइरहनुभएको छ । 

जिल्ला अस्प्तालमा डाक्टर केसी आएको जानकारी पाएपछि उपचार गराउनेहरु बढेका छन् । आज बिहीबार एकै दिन झण्डै १० जनाले सेवा लिएका छन् ।  
गएको कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उहाँले सुदूरपश्चिमको डोटी र डडेल्धुरामा मेडिकल कलेजको माग राख्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ८, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया