राहतको चामल डल्ला परेको भेटिएपछि नगरपालिकाले फिर्ता लियो

 बैशाख २५, २०७७ बिहिबार २०:२७:५८ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - रास्कोट नगरपालिकामा वितरण गरिएको राहतको चामल डल्ला परेको भेटिएपछि नगरपालिकाले फिर्ता लिएको छ । 

वितरण गरिएको चामलमध्ये एक बोरा चामल खान योग्य नभएको पाइएपछि त्यसको साटो अर्को बोरा चामल उपलब्ध गराइएको नगरपालिका प्रमुख  काशीचन्द्र बरालले बताउनुभयो । 

नगरपालिकाको वडा नम्बर-९ का नारायण न्यौपानेलाई लकडाउनमा राहत स्वरुप दिइएको चामलमा डल्ला परेको र खान योग्य नभएको भन्दै वडा सदस्य तोयानाथ न्यौपानेले जानकारी गराएपछि त्यसको साटो अर्को बोरा चामल वितरण गरिएको बरालले जानकारी दिनुभयो । 

नगरपालिकाले चैत २८ गते जिल्लाको नेपाल खाद्यान्न संस्थानबाट ३ सय ६० क्विन्टल अरुवा मध्यम चामल खरिद गरेको थियो । त्यसमध्ये केही चामल चैत ३१ गते बाँडिएको र बाँकी स्टोर गरेर राखिएको थियो । वैशाख २४ गते वितरण गरिएको चामलमध्ये एक बोरा (३० केजी चामल) कुहिएको पाइएको मेयर बरालले भन्नुभयो । 

उच्चस्तरीय प्रविधिबाट प्रशोधन गरेर २०७६ पुष ६ गतेपछि प्याकिङ्ग गरिएको चामल नगरपालिकालाई दिएको र खाद्यान्न संस्थानमा कुहिएको चामल नभएको संस्थानका कालिकोट प्रमुख निर्मल थापाले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • कृष्ण आचार्यक

    May 7, 2020, 10:12 p.m.

    मुद्दाको फैशला गर्ने क्रममा वादि र प्रतिवादिहरू दुवैले न्यायधिशलाई घुस दिएछन रे, बादिले गाइ अनि प्रतिबादिले चाहिँ परालको चकटि । फैसला गर्ने क्रममा मेरो परालको चकटि सम्झिनु भयो श्रीमान भनेर प्रतिवादिले भन्दा श्रिमानले भनेछन् रे'हेँ बाबु तिम्रो परालको चकटि त बादिले दिएको गाइले उहिले हो खाइसकेको । कतै त्यस्तै त भएन? चरम भ्राष्टाचारको पराकाष्ट हो यो सब ।

  •  0 Reply

तपाईको प्रतिक्रिया