विवाद भएपछि महोत्तरीको सोनमा गाँउपालिकामा राहत वितरणको काम स्थगित

 बैशाख २६, २०७७ शुक्रबार १६:५०:४७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - राहत वितरणको क्रममा विवाद भएपछि महोत्तरीको सोनमा गाँउपालिकामा तत्कालको लागि राहत वितरणको कार्य स्थगित गरिएको छ । 

सोनमा गाँउपालिका वडा नम्बर-५, खैरबन्नीमा राहत वितरण गर्ने क्रममा स्थानिय एक समूहले हुलहुज्जत गर्दै स्टोरमा ताला लगाएपछि विवादले उग्ररुप लिएको वडा नम्बर ५ को कार्यालयले जनाएको छ ।

आफूले प्रक्रिया पुर्याएर नै राहत वितरण गर्दै आएको दावी गर्नुहुँदै वडा नम्बर-५ का वडाध्यक्ष रामवीनय राय यादवले स्थानीय राजनीतिक दलको केही कार्यकर्ताहरुले राहतको विषयलाई मुद्दाको विषय बनाएको जानकारी दिनुभयो ।

बिहीबार दिउँसो राहतको विषयलाई लिएर खैरबन्नीमा समान्य विवाद भएको गाँउपालिकाका प्रवक्ता अशोक कुमार यादवले स्वीकार गर्नुभयो । 

युवाका एक समूहले राहत राख्ने भण्डारण कक्षमा तालाबन्दी गरेपछि विवाद समाधान गरेर मात्र राहत वितरण कार्यको निरन्तरता दिइने प्रवक्ता यादवले जानकारी दिनुभयो । लकडाउन भएको करिब डेढ महिनापछि सोनमा गाँउपालिकाले यस सातादेखि राहत वितरण गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया