प्रदेश प्रयोगशाला भैरहवामा एक सातापछि पीसीआर परीक्षण सुरु

 बैशाख २८, २०७७ आइतबार ८:५२:४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीको अञ्चलपुरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोशालामा कोरोना परीक्षण गर्नका लागि एक हजार किट आएको छ ।

‘किटको अभाव भएपछि प्रदेश प्रयोगशालामा वैशाख २३ देखि कोरोनाको पीसीआर परीक्षण रोकिएको थियो । सकिएको १ सातापछि एक हजार किट आएको छ, आइतबार देखि परीक्षण सुरु हुन्छ’, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डाक्टर राजेन्द्र गिरीले भन्नुभयो ।

किट आएसँगै पीसीआर परीक्षणको लागि १ सय ९१ जनाको स्वाब संकलन गरिएको छ । रुपन्देहीका ६ पालिकामा रहेका क्वरेन्टीनमा रहेकाहरुको शनिबार स्वाब संकलन गरिएको हो ।

सम्मरीमाईबाट ३१,मर्चवारीबाट ४० , लुम्बिनी सास्कृतिकबाट ६२ , कोटहीमाईबाट २६, रोहिणीबाट १५ र ओमसतियाबाट १७ जनाको स्वाव संलकन भएको हो । उनीहरु सबै भारतबाट आएका रुपन्देहीबासी हुन् । संकलन भएको स्वाबमध्ये १ सय ७४ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । १७ जनाको स्वाबको परीक्षण प्रादेशिक प्रयोगशालामा हुनेछ ।

आज पनि स्वाबको नमुना संकलन गरिनेछ । बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका ५ जना र रुपन्देहीका १ जना गरी ६ जनाको उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अबस्था राम्रो रहेको कोरोना विशेष फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया