भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डे पक्राउ

 बैशाख २९, २०७७ सोमबार १५:५९:१० | जुनू भण्डारी
unn.prixa.net

काठमाण्डौ - प्रायःजसो विवादमा आइरहने भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पूनम पाण्डेले भारतमा जारी लकडाउन उल्लङ्घन गरेपछि प्रहरीले पक्राउ गरेको हो । आइतबार उनी विना कारण बीएमडब्ल्यू कारमा आफ्ना साथीसँग बाहिर घुमफिर गरिरहेकी थिइन् । पूनममाथि सरकारको आदेश उल्लङ्घन गरेको आरोप लागेको छ । 

प्रहरीले पूनमसँगै उनीसँग कारमा घुमिरहेका साथीहरुलाई पनि गिरफ्तार गरेको छ । पूनम पाण्डे र उनका साथीलाई मरीन ड्राइभ क्षेत्रमा रहेको एक पाँच तारे होटलको अगाडिबाट गिरफ्तार गरेको हो । प्रहरीले पूनम पाण्डेको बीएमडब्ल्यू कार जफत गरेको छ । 

बेलाबेलामा विभिन्न हतकण्डा अपनाएर समाजिक सञ्जाल तथा मिडियामा छाइरहने पूनम पाण्डेको बलिउड करियर भने सफल हुन सकेको छैन । फिल्महरुमा बोल्ड अवतारमा देखिए पनि पूनमलाई फिल्ममा काम गर्ने अफरको कमी नै छ । साथै उनले काम गरेका फिल्मबाट समेत चर्चा बटुल्न सकेकी छैनन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जुनू भण्डारी

जुनू भण्डारी उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया