चितवनबाट हिँडेरै सप्तरी पुगेका थिए कोरोना सङ्क्रमित युवा

 बैशाख २९, २०७७ सोमबार २०:२:४६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा कोरोना सङ्क्रमण पुष्टि भएका युवा चितवनबाट केही दिनअघि मात्रै जिल्ला पुगेको खुलेको छ । 

चितवनमा मजदुरी गरेर बसेका उनी तीन/चार दिनअघि मात्र हिँडेरै सप्तरी पुगेको खुलेको हो । सप्तरी पुगेर घरमै बसेका उनमा कोरोना पुष्टि भएपछि आज घरबाट गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको वडा अध्यक्ष प्रदीपकुमार शाहले जानकारी दिनुभयो । 

रिपोर्ट पोजेटिभ आएपछि परिवारका सदस्यको पनि परीक्षणको लागि नमुना सङ्कलन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । 

कोरोना सङक्रमण भेटिएपछि डाक्नेश्वरी नगरपालिका सिल गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया