इलामकाे शुक्रबारे बजारमा आगलागी, ६५ लाख बराबरको क्षति

 बैशाख ३०, २०७७ मंगलबार १४:२४:३३ | सुजता सुनुवार
unn.prixa.net

इलाम –  माईजोगमाई गाउँपालिका ३ sf] शुक्रबारे बजारमा आगलागी हुदाँ ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति कोही नभएको घरमा आगलागी हुँदा त्यही घरसँग जोडिएका थप दुई घर जलेर पूर्णरुपमा नष्ट हुँदा ठूलाे परिणाममा क्षति भएको हो ।

साेमबार राति ९ बजेर ५० मिनेट जाँदा बेद कैयाको घरबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । त्यसपछि छत्रकुमारी लावर र रुकमेणा प्रधानको दुई/दुई तले घरमा आगलागी हुँदा जलेर पूर्णरुपमा नष्ट भएको थियो ।

आगलागीबाट प्रधानको घर र किराना पसल, लावरको घर तथा कैयाको जुत्ता र कपडा पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक (इन्सपेक्टर) रमेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तनलगायतका सामानसमेत जलेको छ ।

दमकल नहुँदा पानी ओसारेर आगो नियन्त्रणमा लिइएको थियो । नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आज बिहान सवा ५ बजेकाे समयमा नियन्त्रणमा लिइएको थियाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया