कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना सङ्क्रमण पुष्टि

 बैशाख ३०, २०७७ मंगलबार १८:९:३६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुमा एक जना स्टाफ नर्समा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

कपिलवस्तु अस्पतालमा कार्यरत कपिलवस्तु नगरपालिका १ का २५ वर्षकी स्टाफ नर्सलाई सङ्क्रमण पुष्टि भएको हो । कपिलवस्तुमा आज आठ जना सङ्क्रमित भेटिएको र त्यसैमध्ये उहाँ एक भएकाे कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो । 

सङ्क्रमितलाई उपचारका लागि बुटवल अस्पताल लैजाने तयारी भएको छ । यस्तै सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको परीक्षण गर्न स्वाब सङ्कलन भइरहेको छ ।


 

अन्तिम अपडेट: बैशाख २, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया